एनसेलको शेयर बिक्रीकाबारेमा प्रधानमन्त्रीद्वारा सत्ता गठबन्धनसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीकाबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ । त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ तथा सम्बन्धित कर्मचारीहरू पनि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

यसअअघि सोमबार प्रधानमन्त्री प्रचण्डले सम्पादकहरूसँगको छलफलमा पनि एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारले आवश्यक कदम उठाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *