यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । यूएईमा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा भाग लिन जाने नेपाली क्रिकेट टिमलाई बिदाइ गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई बिदाइ गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएका हुन् ।  नेपाली टोली अनुभवी देभ खनालको कप्तानीमा युएई प्रस्थान गरेको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *