आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । तर, राष्ट्रिय सभा निर्वाचन परेकाले माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *