विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन भन्दै नौ वर्षीय बालकले लेखे ओलीलाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन आग्रह गर्दै पत्र लेखेका हुन् ।

उनको पत्र सामाजिक संजालमा राख्दै अध्यक्ष ओलीले लेखेका छन्, ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *