शेयर खरिद बिक्रीमा चलखेल भएको भन्दै एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंलगबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रदर्शनकारीले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल, राज्यको कर छल्न पाइँदैन, नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो । डेढ खर्बको एनसेल करिव सात अर्बमा बेचिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *