काठमाडौं । एनसेलले पुँजीगत लाभकर, जरिवाना र ब्याजसहित करिब ६२ अर्ब रूपैयाँ सरकारलाई तिरेको थियो। आजियाटाले खरिद गरेको एक खर्ब ४३ अर्ब रूपैयाँमा थप ६२ अर्ब रूपैयाँ तिर्दा लागत करिब २ खर्ब हाराहारी पुगेको थियो। एनसेलको दाबीअनुसार पछिल्ला वर्ष व्यापारको हिस्सा भने गुमाउँदै गएको छ।
आठ वर्षको अवधिमा एनसेलको व्यापार कारोबार करिब ३४ प्रतिशतले खुम्चिएको जनाएको छ। एनसेलका अनुसार ४२ प्रतिशत र खुद नाफा ७४.६ प्रतिशतले गिरावट आएको छ। एनसेलले पूर्वाधार विस्तारमा करिब ६२ अर्ब थप लगानी गरेको दाबी गरेको छ।
लाइसेन्स नवीकरण गर्न पनि थप २० अर्ब रूपैयाँ तिनुपर्नेछ। यी विविध कारणले सस्तोमा बिक्री गरेको जनाइएको छ। एनसेलको दाबीलाई भने सरोकारवालाले स्वीकार गरेका छैनन्। नागरिक दैनिकमा खबर छ ।

 
				 
										 
										 
										