आगामी निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैनः अध्यक्ष ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् । सोमबार दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको बताए । अध्यक्ष ओलीले एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र विकास सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए ।

यसअघि दैलेखका आठ राजनीतिक दलको ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराएको बताएका थिए । उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *