‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ मा हरिवंश अनुबन्धित

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने भएका छन् । फिल्मको शीर्ष भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्य देखिने भएका छन् ।

फिल्ममा आचार्यको साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङ्गमा समेत छानिएको थियो । यस चलचित्रमा सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रुपमा जोडिएका छन् ।

यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेस मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ ।

चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *