बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ । आइतबार बेलुकी भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २-१ गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवललाई जित दिलाउन स्टेफेन समिर बिनोंङ र एरिक विष्टले समान एक-एक गोल गरे । इलामको लागि अब्दुलाए बाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा बोनिंङले गोल गर्दै बुटवललाई शुरुवाती अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा बाले गोल गर्दै इलामलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर ८८ औं मिनेटमा एरिक विष्टले फ्रि-किकमा सुन्दर गोल गर्दै बुटवललाई २-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै बुटवलले ३ खेलबाट ३ अंक जोडेको छ । इलामलेपनि समान खेलबाट ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *