राष्ट्रियसभा निर्वाचनको तालिका सार्वजनिक, पुस २३ गते उम्मेदवारको मनोनयन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आइतबार उम्मेदवारी मनोनयनसहितको तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ ।

मनोनयन  दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ । मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *