पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समावादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत उनको निवास डल्लु पुगेका थिए । भेटमा उनीहरुबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *