त्रिभुवन विमानस्थलमा पावरब्यांक पड्किएर यात्रुको ह्यान्डब्यागमा आगो लाग्दा..(भिडियोसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो । उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका उनले पावरब्यांक चार्जमा राखेका थिए ।

उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । अन्य भौतिक क्षति नभएको उनले बताए ।

Video: Ashbinkumar Pudasaini

Leave a Reply

Your email address will not be published. Required fields are marked *