मंसिर ३० भित्र नागरिक सरकार घोषणा गर्ने दुर्गा प्रसाईंको तयारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका हुन् । उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेदेखि व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने दाबी गरे । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्नेसमेत बताए ।

नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु, युटुबर भनेर हेपिएका मूलधारबाहिरका संचारकर्मीहरुलाई समेत समेटिने उनले बताए । प्रसाईंको नेतृत्वमा मंसिर ७ गते काठमाडौंको बल्खुबाट आन्दोलन सुरु भएको भएको थियो । अभियानले दैनिकजसो उपत्यकाका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *