मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

बागमती  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो १ बजे बस्नेगरी उनले सर्वदलीय बैठक बोलाएका हुन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए।बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *