निर्वाचनको पूर्वसन्ध्यामा पीटीआईद्वारा गोहर अली खानलाई नयाँ अध्यक्ष चयन

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले निर्वाचन आयोगको निर्देशनमा अन्तरपार्टी निर्वाचन गरी गोहर अली खानलाई आफ्नो नयाँ अध्यक्षमा निर्वाचित गरेको छ ।

पेशाले कानून व्यवसायी रहेका खानलाई पार्टीका पूर्व अध्यक्ष इमरान खानले अध्यक्षमा प्रस्ताव गरेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । ईसीपीले यस वर्षको अगस्टमा इमरान खानलाई उपहारका रूपमा आर्थिक लेनदेनमा संलग्न भएको भन्दै पदमा रहिरहन अयोग्य घोषित गरेको थियो ।

नोभेम्बर २३ मा निर्वाचन आयोगले गत वर्षको जुनमा भएको पीटीआईको अन्तरपार्टी निर्वाचन रद्द गर्दै आगामी फेब्रुअरी ८ मा हुने आम चुनावमा आफ्नो चुनाव चिह्न ‘ब्याटा’ कायम राख्न चाहेमा २० दिनभित्र अन्तरपार्टी निर्वाचन गर्न निर्देशन गरेको थियो ।

आफ्नो जितपछि नयाँ अध्यक्षले सञ्चारमाध्यमसँग कुरा गर्दै पार्टीले संविधानअनुसार निर्वाचन सम्पन्न गरेको र परिणाम निर्वाचन आयोगमा पेश गरिने बताएका थिए । यसै साताको सुरुमा पीटीआईले पूर्व अध्यक्षको अयोग्यतालाई अदालतले खारेज नगरेसम्म गोहर अली खानलाई पार्टीको अस्थायी प्रमुख बनाएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *