तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ । ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

पथ प्रदर्शकको निधन

यसैबीच लाङ्टाङ पदयात्रा सम्पन्न गरी फर्कदै गरेका एक पथप्रर्दशक धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डे रहेको मृत्यु भएको छ ।

रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङ्टाङ घुमाई काठमाडौँ फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई आज मृतावस्थामा भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *