भारती खरेल पुरस्कार गिरीलाई

काठमाडौं ।  भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरी गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उनलाई ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गरे ।

साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पारे ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजलकार प्राडा सनतकुमार वस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्मसाधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिए ।

१९९५ मङ्सिर १६ गते जन्मिकी खरेलको २०४९ साउन ४ गते निधन भएको थियो । २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायत पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *