नेपाल सुपरलिगमा पोखरासँग बराबरी खेल्दै झापाले जोड्यो अंक

काठमाडौं । झापा एफसीले जारी एनएसएलमा पोखरासँग अन्तिम समयमा गोलको सहयोगमा बराबरी खेल्दै पहिलो अंक जोडेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम समयमा गोल फर्काएर पहिलो अंक जोडेको हो ।

खेलको अन्तिमा इन्जुरी समयमो अन्तिम समयमा समादर ओचिलोभले गोल गर्दा झापा हारबाट जोगिएको हो । यसअघि पोखराले थन्डर्सले खेलको १९ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो ।

पोखराका लागि सुरुवाती गोल मोसेस ग्याबहले गरेका थिए । उनले डी बक्स बाहिरबाट जोय एइड्ले डिबक्स बाहिरबाट उपलब्ध गराएको बलमा हेडर गोल गरेका हुन् ।

बराबरीसँगै पछि झापाले एनएसएलमा पहिलो अंक जोडेको छ । पहिलो खेल जितेको पोखराले भने ५ अंक बनाएको छ । खेलको ९० औं मिनेटमा पोखरा १० खेलाडीमा सिमित भएको थियो ।

उसका कमलबहादुर थापाले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यस्ते पोखराका प्रशिक्षक नविन न्यौपानेले खेलको अन्तिम समयमा रातो कार्ड पाए । पोखराले पहिलो खेलमा चितवन एसीलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलको थियो ।

त्यस्तै झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० गोलले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढीको सामना गर्ने छ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *