त्रिभुवन विमानस्थलको व्यवस्थापन करारमा दिनेबारेमा पर्यटमन्त्रीद्वारा सुझाव माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन करारमा दिने विषयमा सुझाव मागेका छन् ।

शनिबार सामाजिक संजालमार्फत मन्त्री किरातीले कर्मचारीको काम नगर्ने र दोषारोपण मात्र गर्ने प्रवृत्ति बढेको भन्दै यसबारे सुझाव मागेका हुन् ।

उनले भनेका छन्, ‘कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रवृत्ति र परिणाम नदिने क्यान्सर पीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आएको अनुभूति भएको छ । नेपाल वायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरुलाई जस्तै र वार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिने गरि वार्षिक २० अर्ब भन्दा बढी दिन्छ भने व्यवस्थापन करार गरि सिंगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै संचालन गर्दा कसो होला ? (भैरवहा र पोखरालाई समेत) लोकतन्त्रमा जनता प्रधान हुन्छ त्यसैले जनमत जाहेर गरौं ।’

नागरिक उड्डयन प्राधिकरणले शुक्रबार त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याड्लिङ निगमलाई दिँदै आएकोमा अब प्रतिस्पर्धाबाट दिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *