इजरायलको आक्रमणमा गाजामा ३२ प्यालेस्टाइनीको मृत्यु

गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनाको साथै थुप्रै घाइते भएका छन् । गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएका र थुप्रै घाइते भएका हुन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ ।

विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारू आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहर्याएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो ।

इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ। आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ। इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे समाप्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *