नेपाली क्रिकेटलाई सहयोग गर्न तयार छौँ : महाराष्ट्र उपमुख्यमन्त्री फडणवीस

मुम्बई । भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारको प्रतिनिधि मण्डलसँगको भेटमा उपमुख्यमन्त्री फडणवीसले नेपाली क्रिकेटरलाई मुम्बईमा प्रशिक्षण, व्यावसायिक क्रिकेटमा अवसर दिन सकिने बताए । नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपयुक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिने उपमुख्यमन्त्री फडणवीसको भनाइ छ ।

छलफलका क्रममा नेपाली पत्रकारले नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीको अवस्थालगायत विषयमा चासो राखेका थिए । नेपाली पत्रकारले उठाएको विषयलाई उहाँले सकारात्मक रुपमा लिएको बताए ।

महाराष्ट्र धार्मिक केन्द्र पनि रहेकोे भन्दै उनले जनकपुरधामको जानकी मन्दिर र काठमाडौँको पशुपतिनाथ मन्दिरलाई आफूले जोड्ने प्रयास गर्ने प्रतिबद्धता जाए । सङ्घको अगुवाईमा मुम्बई पुगेको नेपाली पत्रकारसँगको भेटघाटमा बिजेपीका पूर्वप्रदेश अध्यक्ष पनि रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्गमध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र भएको बताए । भारतको पहिलो मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध विस्तारका लागि आफू छिट्टै नेपाल पुगेर पहल गर्ने उनको भनाइ छ ।

भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नतिका लागि चलचित्र, गीत सङ्गीत, खेल र युवा सदुपयोगको विषयमा साझेदारी गरी नेपालको उन्नतिमा भूमिका खेलेर आर्थिक साझेदार बन्न आग्रह गरेका थिए । नेपालका १६ पत्रकारको टोली भारत भ्रमणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *