नेपाल सुपर लिगमा ललितपुर र पोखरा गोलरहित बराबरीमा

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अंक बाँडेका छन् ।

त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए। यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अंक जोडेका छन्। प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *