गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा आजै हुने अपेक्षा गरिएको जनाएको छ ।

इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन् । इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न जारी राखेमा युद्धविराम अझै लम्बिन सक्ने बताएको थियो ।

प्यालेष्टिनी स्रोतले बताएअनुसार हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताका लागि २० जना इजरायली बन्धकको नामसहितको नयाँ सूची तयार पारेको छ ।

स्रोतका अनुसार हमासले मध्यस्थताकर्तासँग गाजापट्टीमा रहेका थप बन्धकहरूलाई मुक्त गर्न र गाजामा खाद्यान्न तथा अतिआवश्यक सामग्रीको आपूर्ति गर्न युद्धविरामलाई थप केही दिन लम्ब्याउन चाहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *