काठमाडौं । भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडलाई नै निरन्तरता दिने भएको छ । द्रविड कम्तिमा टी–२० विश्वकपसम्म लागि टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता दिइएको बताइएको छ ।
सन् २०२१ मा भारतीय क्रिकेट टिमलाई सम्हालेका द्रविडको सम्झौता एकदिवसीय विश्वकपको समाप्तिसँगै सकिएको थियो । द्रविडको प्रशिक्षणमा भारतीय टिम टेस्ट र टी–२० को नम्बर एक वरियतामा पुगेको थियो । तर, आइसीसीको मुख्य प्रतियोगितामा भारत उपाधिविहीन छ ।
सन् २०२२ को टी-२० विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको भारत एकदीवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।