काठमाडौँ । नेपाल सुपर लिग(एनएसएल)मा काठमाडौँ रेजर्स र एफसी चितवन बराबरी खेलेका छन् । मंगलबार बेलुकी भएको खेलमा काठमाडौं र चितवनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन जुनियर एनकेनगुएले एक गोल गर्दा चितवनले एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औँ मिनेटमा चितवनले आत्माघाति गोलमार्फत अग्रता बनाएको थियो ।
हारको संघारमा पुगेको काठमाडौँलाई जुनियर एनकेनगुएले इन्जुरी समयमा डिबक्स भित्रबाट हाफ भलिमार्फत गोल गर्दै टोलीलाई बचाएका हुन् ।
जितसँगै काठमाडौंले दुई खेलबाट चार अंक जोडेको छ ।