बल्खुमा युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबीच ढुङ्गा हानाहान(फोटोफिचर)

काठमाडौं । बल्खु क्षेत्रमा प्रहरी र प्रदर्शनकारी बिच ढुंगामुढा भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

दुर्गा प्रसाईँ र नेकपा एमाले भातृसंगठन युवा सङ्घका कार्यकर्ताबिच  ढुङ्गा हानाहान भएको हो ।आज मध्यान्हमा बल्खु पुगेका युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबिच ढुङ्गा हानाहान भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँ पक्षलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। युवा सङ्घलाई भने तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकिएको थियो। यति हुँदाहुँदै पनि युवा सङ्घका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो।

सडकका दुवै किनारमा  सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उक्त क्षेत्रमा बख्तर बन्द गाडी र एम्बुलेन्स  तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *