एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ । बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *