सर्वोच्चद्वारा टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको हो ।

टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दश वटा रिट दायर भएका थिए । कात्तिक २७ गते सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *