काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
कात्तिक १७ गते जाजरकोट केन्द्र रहेर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । त्यसपछि जाजरकोट केन्द्र भएर दर्जनौं पटक भूकम्प गएको छ । असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।