मोरक्कोको प्रहरीले ४.६३५ टन लागुऔषध गाँजा बरामद गरेको छ । साथै लागुऔषध तस्करी सञ्जालमा संलग्न रहेको आरोपमा दुई जना संदिग्धलाई पक्राउ गरेको पनि आधिकारिक समाचार एजेन्सी म्यापले उल्लेख गरेको छ।
मोरक्कोको सबैभन्दा ठूलो शहर कासाब्लान्कामा शनिबार सञ्चालन गरिएको कारबाहीका क्रममा प्रहरीले समुद्री मार्गबाट निर्यात गर्न तयार गर्दै गरेको १२३ वटा ठूला प्याकेजहरूमा लुकाइएका लागुऔषधहरू बरामद गरेको हो ।
समुद्री मार्गबाट लागुऔषध र साइकोट्रोपिक पदार्थको अन्तराष्ट्रिय ओसारपसारमा संलग्न आपराधिक सञ्जालसँग सम्भावित सम्बन्धको बारेमा दुई संदिग्धहरूमाथि अनुसन्धान शुरु गरिएको थियो।
संयुक्त राष्ट्रसंघ कार्यालयका अनुसार मोरक्को लागुऔषध प्लान्टको विश्वको सबैभन्दा ठूलो उत्पादकहरू मध्ये एक रहेको छ।