काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत केहिबेरमा शुरु हुने फाइनल खेलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अहमेदबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा अष्ट्रेलियाका कप्तान प्याट कमिङ्सले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
दुवै टोलीले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलको टोलीलाई निरन्तरता दिएका छन् ।
आजको खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् ।