काठमाडौं । नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो भएको छ । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो ।
जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनाउन सक्यो । जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् ।
संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको हो । नेपालको लागि ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । यस्तै रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र इन्दु बर्माले १२ रन बनाइन् ।
जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।