काठमाडौं । चार देश सम्मीलित महिला टि२० आई सिरिज अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा नेपालले जापानलाई १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको हो । नेपालको लागि ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । यस्तै रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र इन्दु बर्माले १२ रन बनाइन् ।
जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।