प्रधानमन्त्रीले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको  सम्मेलनलाई प्रधानमन्त्रीले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।  उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिणः भविष्यका लागि सहकार्य’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *