इन्धन अभावमा गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा आफ्ना गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

राष्ट्रसंघीय एजेन्सीका गाजा प्रमुख थोमस ह्वाइटले गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिने बताएका छन् । इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको उनले बताए ।

हमास र इजरायलबीचको जारी द्वन्द्वले गाजा तहस नहस भएको छ । इजरायलले अस्पतालमा समेत आक्रमण गरेपछि स्थिति थप नाजुक बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *