काठमाडौं । नेपाल समाजवादी पार्टीले भूकम्प पीडितहरूका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर दश लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
त्यस क्रममा भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
यही कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक सम्पतिमा क्षति पुगेको छ ।