कराँतेका दुई प्रशिक्षकलाई आठ वर्ष कैद र तीन लाख जरिवानाको फैसला

विराटनगर । सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतले सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही ८ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार उनीहरुलाई सजाय सुनाइएको हो ।

मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको हो । दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको उनले बताए । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *