कैद भुक्तानका लागि रिगल बाँके कारागार चलान

नेपालगंज । जिल्ला अदालत बाँकेले रिगल भनिने योगराज ढकाललाई थप सजाय भुक्तानका लागि जिल्ला कारागार बाँके पठाएको छ । सर्वोच्चको फैसलापछि बिहीबार प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी शुक्रबार जिल्ला अदालत बाँकेमा पेस गरेको थियो ।

अदालतका सहस्रेस्तदार प्रेमराज खनियाले रिगललाई जिल्ला कारागार चलान गरिएको जानकारी दिए । उनका अनुसार, रिगलले अब ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भोग्नुपर्नेछ । कैदी पुर्जीसहित रिगललाई शुक्रबारै कारागार पठाइएको छ ।

संविधान दिवसका दिन सरकारले बाँकी कैद मिनाहा गरेपछि उनी जेलबाट छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *