युएईविरुद्ध आसिफको अर्धसतक पूरा

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईविरुद्ध जारी सेमिफाइनल खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक पूरा गरेका छन् । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा आसिफले टी-२० आईमा व्यक्तिगत चौथो अर्धसतक पूरा गरेका हुन् ।

आसिफले ३९ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे । जीतको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ९३ रन जोडेको छ । हाल आसिफ शेख ५० र कप्तान रोहित पौडेल ६ रन बनाउँदै क्रिजमा छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको हो । युएईको लागि भ्रित्या अर्भिन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद वासिमले २६, आलिशान शराफु १६ र आसिफ खान १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको कुशल मल्लले ३ ओभरमा ११ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप लामिछानेले दुई  तथा सोमपाल कामी र रोहित पौडेलले समान एक-एक विकेट लिएका लिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *