युएईद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जारी खेलमा युएईले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले नेपाललाई १ सय ३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको हो । युएईको लागि भ्रित्या अर्भिन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद वासिमले २६, आलिशान शराफु १६ र आसिफ खान १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको कुशल मल्लले ३ ओभरमा ११ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप लामिछानेले दुई  तथा सोमपाल कामी र रोहित पौडेलले समान एक-एक विकेट लिएका लिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *