नेपाललाई पाँचौ सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत युएईविरुद्ध जारी सेमिफाइनल खेलमा नेपालले पाँचौ सफलता पाएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका अलि नासिरलाई आउट हुँदै कप्तान रोहित पौडेलले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

रोहितले नासिरलाई ४ रनमा आउट गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको युएईले ताजा अवस्थामा १६ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा १ सय रन जोडेको छ । हाल भ्रित्या अर्भिंद ३७ र बासील हामेद सुन्य रन बनाउँदै क्रिजमा  छन् । यसअघि युएईका कप्तान मोहम्मद वासिम २६, आलिशान शराफु १६, आसिफ खान १३ र खालिद शाह तीन रन बनाउँदै आउट भएका थिए ।

नेपालको लागि सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र रोहित पौडेलले समान एक-एक विकेट लिएका छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, गुलसन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *