सन्दीपले लिए आसिफको विकेटले, नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत युएईविरुद्ध जारी सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता पाएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका आसिफ खानलाई आउट हुँदै सन्दिप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

सन्दीपले आसिफलाई १३ रनमा एलबीडब्लु आउट गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको युएईले ताजा अवस्थामा ११ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ७५ रन जोडेको छ । हाल भ्रित्या अर्भिंद २६ र आलिशान शराफु ७ रन बनाउँदै क्रिजमा  छन् । यसअघि युएईका कप्तान मोहम्मद वासिम २६ र खालिद शाह तीन रन बनाउँदै आउट भएका थिए

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, गुलसन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *