युएईका दुवै ओपनर पभिलियनमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत युएईविरुद्ध जारी सेमिफाइनल खेलमा नेपालले दोस्रो सफलता पाएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका दुवै ओपनर मोहम्मद वासिम र खालिद शाहलाई पभिलियन फर्काउँदै सोमपालले नेपाललाई लगातार दोस्रो सफलता दिलाएका हुन् ।

सोमपालले आक्रमक ब्याटिङ गरिरहेका मोहम्मद वासिमलाई २६ रनमा पभिलियन फर्काएका हुन् । उनले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन् । ताजा अवस्त्थामा युएईले चार ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३० रन जोडेको छ । हाल आसिफ खान सुन्य र भ्रित्या अर्भिंद एक रन बनाउँदै क्रिजमा छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, गुलसन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *