एमसीसी परियोजना निर्धारित समयमा नै पूरा गर्ने नेपालको प्रतिबद्धता

वासिङ्टन डीसी । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् । परराष्ट्रमन्त्री साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एमसीसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसीसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *