श्रीलंकामाथि शानदार जीतसँगै भारत सेमिफाइनलमा

एजेन्सी । भारत घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको खेलमा श्रीलंकामाथि ३ सय २ रको कीर्तिमानी जित निकाल्दै भारत सेमिफाइनलमा पुगेको हो । विश्वकपमा भारतको यो लगातार सातौँ जित हो ।

जितको लागि ३ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा अलआउट हुँदै ५५ रनमा समेटिएको हो । श्रीलंकाको लागि कसुन राजिथाले १४ तथा एन्गेलो माथेउस र महेश थेक्षानाले समान १२/१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

श्रीलंकालाई सास्तैमा समेट्न मोहम्मद शामीले ५ ओभरमा एक मेडन राख्दै १८ रन दिएर ५ विकेट लिए । यस्तै मोहम्मद सिराजले तीन तथा जस्प्रित बुम्रा र रविन्द्र जडेजाले समान एक-एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । भारतको लागि शुभ्मन गिल, विराट कोहली र श्रेयस आयरले अर्धसतक पूरा गरे । गिलले सर्वाधिक ९२ रन बनाउँदा विराटले ८८, श्रेयसले ८२, रविन्द्र जडेजाले ३५, केएल राहुलले २१ र सुर्यकुमार यादवले १२ रन बनाए ।

श्रीलंकाको लागि दिल्शन मदुशान्काले १० ओभरमा ८० रन दिएर ५ विकेट लिँदा दुश्मान्था चमेराले एक विकेट लिए ।

जीतसँगै भारत ७ खेलबाट १४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको श्रीलंका सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *