भारतद्वारा श्रीलंकालाई विशाल विजयी लक्ष्य प्रस्तुत

एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत जारी खेलमा भारतले श्रीलंकालाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईमा जारी खेलमा भारतले श्रीलंकालाई जीतको लागि ३ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो । भारतको लागि शुभ्मन गिल, विराट कोहली र श्रेयस आयरले अर्धसतक पूरा गरे । गिलले सर्वाधिक ९२ रन बनाउँदा विराटले ८८, श्रेयसले ८२, रविन्द्र जडेजाले ३५, केएल राहुलले २१ र सुर्यकुमार यादवले १२ रन बनाए ।

श्रीलंकाको लागि दिल्शन मदुशान्काले १० ओभरमा ८० रन दिएर ५ विकेट लिँदा दुश्मान्था चमेराले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *