अदालतको आदेशलगत्तै रिगल नेपालगंजबाट पक्राउ

नेपालगंज । सर्वोच्च अदालतको आदेशलगत्तै रिगल भनिने योगराज ढकाललाई प्रहरीले पक्राउ गरेको छ । कैद माफी बदर गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि प्रहरीले रिगललाई नेपालगन्जबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर असोज ४ गते छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *