देश ‘टाइटनिक बोट’जस्तै डुबिरहेको छः अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको आरोप लगाए ।

उनले भने, ‘देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन् । आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।’

उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । अध्यक्ष राउतले अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनले टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *