रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर(आदेशको पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी बदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो ।

त्यस्तै अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएको ठहर गरेको छ । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए।

बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए । त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *