ओमानसँग नेपाल पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली क्षेत्र फाइनलमा नेपाल पराजित भएको छ । बिहीबार दिउँसो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै नेपालले समूह उपविजेतामा चित्त बुझाएको हो ।

जीतको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा २६ रन चाहिएको अवस्थामा विवेक यादवले शुरुवाती तीन बलमा छक्का प्रहार गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । नेपालको लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलमा ५ छक्का प्रहार गरे । यस्तै कुशल मल्लले २६ रन र करण केसीले १५ रन बनाउँदा सोमपाल कामी, रोहित पौडेल र सन्दिप जोराले समान १२/१२ रन बनाए ।

ओमानको लागि बिलाल खानले ४ ओभरमा ३० रन दिएर तीन विकेट लिँदा शकिल अहमेद, मेहरन खान र अकिब इलायसले समान दुई-दुई विकेट लिए । कप्तान जेशन मक्सोदको नाममा एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा  भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । ओमानको लागि कप्तान जेशन मक्सोदलव सर्वाधिक ३२ रन बनाउँदा  नशाम खुशीले २५, प्रतिक अथाभेलले २४, शकल अहमदले २२ र आयान खानले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए । गुलसन झा र अविनाश बोहोराको नाममा एक-एक विकेट रह्यो ।

जीतसँगै समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । अब नेपालले भोली शुक्रबार हुने फाइनल खेल समूह ‘बी’को विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *